बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई प्र/हरीले प/क्राउ गरेको छ।
व्यापारीसमेत रहेका कुन्द्रालाई पोर्नोग्राफिक चलचित्र बनाएको तिनलाई विभिन्न एपहरूबाट सार्वजनिक गरेको आरोपमा प्र/हरीले सोमबार प/क्राउ गरेको हो।
मुम्बई प्रहरीका अनुसार गत फेब्रुअरीमा क्राइम बेञ्चमा एउटा उजुरी दर्ता भएको थियो। त्यसको अनुसन्धानका क्रममा कुन्द्राको सहभागिता देखिएपछि उनलाई प/क्राउ गरिएको हो।
प्र/हरीले यो घ/टनाको अनुसन्धान जारी रहेको बताएको छ। शिल्पा शेट्टी र राज कुन्द्राले भने पक्राउबारे कुनै प्रतिक्रिया जनाएका छैनन्।
कुन्द्रालाई प्र/हरीले आजै अदालतमा पेस गर्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
