काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले राजनीतिक विकल्प र स्थिरता दिने सामर्थ्य राख्न नसक्ने बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पोखरेलले माओवादी र कांग्रेस मिलेर अस्थिरता र अन्योल सृजना गर्न सक्ने तर विकल्प दिन नसक्ने बताएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले लेखेका छन्,”नेपाली राजनीतिमा माओवादी र कांग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान् । तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन् ।”
