शिवलिङ्ग हिन्दु देवता शिवको स्वरूप, प्रतिक वा निशान मानिने प्रतिमाविहीन चिह्न हो ।
शिवलिंगलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई योनी, पीठम् वा पीठ भनिने गरिन्छ ।
प्राय: जसो मानिसले शिवलिङ्ग भन्नाले शिवको लिङ्ग भनेर बुझ्दछन । लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।
शिवलिङ्गको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ ।
यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छl
