कलाकार ज्योति मगरले सञ्चारकर्मी रूपा सुनारलाई जातकै कारण कोठा नदिइएको प्रस्ट भएकाले कुरा नबंग्याउन चेतावनी दिएकी छन्। शुक्रबार सामाजिक
सञ्जालमार्फत कलाकार मगरले तर्क गर्ने क्षमता छ भन्दैमा विभेदलाई ढाकछोप नगर्न आग्रह गरेकी हुन्।
‘तर्क गर्न सक्ने क्षमता छ भन्दैमा गलतलाई सही र सहीलाई गलत साबित गर्न खोज्ने सबै समाज भँडुवा हुन्। जति नै तर्क वितर्क गरेर सामाजिक सञ्जालमा भुके पनि रूपा
सुनार कामी भाकै कारण प्रधानको घरमा कोठा नपाको प्रस्ट छ,’ उनले भनेकी छन्, ‘आजको युगमा पनि यस्ता घटना हुनु निन्दनीय र अमानवीय हो।’
