विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रमअनुसार आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
सो क्रममा विद्यार्थी र ओलीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।
