काठमाडौैँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दु\र्घटनामा दुई जनाको मृ/त्यु भएको छ । यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दु/र्घटना भएको हो । उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृ\त्यु भएको प्र\हरी प्रधान कार्यालयले जनाएको छ ।
मृ\त्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्र\हरीले नियन्त्रणमा लिएको जनाएको छ । यस घ\टनाको भिडियो यस न्युजको अन्तिममा रहेको छ हेर्नुहोला ।
विभिन्न जिल्लामा आठ मृत फेला
प्र/हरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृत फेला परेका छन् । केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको अबस्थामा फेला परेका छन् । घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा श/व फेला थियो ।
यस्तै पर्सा, छिपहरमाई गाउँपालिका–३ सानो जयमङ्गलाका ५० वर्षीय किशोरी साह कानु आफ्नै घरको भूईँमा मृत फेला परेको प्र/हरीले जनाएको छ । ईलाम, चुलाचुली गाउँपालिका–२ बस्ने ३१ वर्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृत फेला परेका छन् ।
अर्घाखाँची, मालारानी गाउँपालिका–४ खलारा बस्ने ८८ वर्षीय चन्द्रबहादुर खत्री सोही ठाउँस्थित सामुदायिक वनमा मृ/त भेटिएका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका–५बस्ने ५० वर्षीय मिलन राई आफ्नै घरमा र तेह्रथुम, म्याङ्लुङ नगरपालिका–८ कोबेकस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका एक पुरुष मृत भेटिएका हुन् ।
यस्तै चितवन, रत्ननगर नगरपालिका–७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष र भरतपुर महानगरपालिका–२ पुल्चोकस्थित सडक छेउमा पहिचान नखुलेकी एक महिला मृत भेटिएको प्र/हरीले जानकारी दिएको छ । उता महोत्तरी, जलेश्वर नगरपालिका–९ प्रकौली नजिक नालामा अर्का एक पूरुष पनि मृत भेटिएका छन् । सबै घटनाका विषयमा सम्बन्धीत क्षेत्रका प्रहरीले अनुसन्धान गरिरहेको प्र/हरी प्रधान कार्यालयले जनाएको छ ।
बेपत्ता भएको २३ दिनपछि शव फेला
गत जेठ २८ गते घरबाट एकाएक बेपत्ता भएका शिखर नगरपालिका–४ गरुडी बस्ने २७ वर्षीय टीकाराम भट्टको श/व फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफँटका प्र\हरी निरीक्षक कान्तिराज जोशीका अनुसार घरबाटै हराएका भट्टको शव २३ दिनपछि आज शिखर नरपालिका–६ मा रहेको खनकट्टे सामुदायिक वनको भुरीइजरमा भेटिएको हो ।
भट्टको शव सडेको अवस्थामा गोरु गोठालाले भेटेका थिए । घटनाबारे जानकारी प्राप्त भएलगतै प्रहरी घटना स्थलमा पुगी आवश्यक मुचुल्का तयार पारीरहेको प्र/हरी निरीक्षक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार घ/टनाका विषयमा प्र/हरीले थप अनुसन्धान शुरु गरेको छ । भट्टले लगाएको लुगा, खल्तीमा भएको फोटो र मोबाइल फोनका आधारमा आफन्तले शवको पहिचान गरेको जिल्ला प्र/हरी कार्यालयले जनाएको छ ।
करेन्ट लागेर कर्मचारीको मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृ/त्यु भएको छ । प्र/हरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद कुँवरको मृत्यु भएको हो ।
विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक करेन्ट लागेर कुँवरको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्र/हरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार घ/टनाबारे थप अनुसन्धान भइरहेको छ । उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं ६ मेहेले तथा सिरिजङ्घा–२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन् ।
