नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ । लिग चरणमा काठमाण्डौ तेस्रो र चितवन चौथो स्थानमा रहेर प्ले–अफमा पुगेका हुन् ।
आजको खेल जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टोली बाहिरिनेछ । हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साविक उपाधि विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिमले अब आज हुने इलिमिनेटरको विजेतासँग भोलि दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनीसँग खेल्नेछ ।
यता साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनको फाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले सोझै फाइनल यात्रा तय गरेको हो।
सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर १०८ रन बनाउँदै २० बल बाँकी छँदै पूरा ग¥यो। पराजित भए पनि सुदूरपश्चिमसँग फाइनल प्रवेशको अर्को मौका कायमै छ। सुदूरपश्चिमले अब काठमाडौं गोर्खाज र चितवन राइनोजबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
एनपिएलमा आज एलिमिनेटर खेल, काठमाडौं र चितवन भिड्दै,
एनपिएलमा आज एलिमिनेटर खेल, काठमाडौं र चितवन भिड्दै,
तपाईको प्रतिक्रिया
