प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को भारत भ्रमणमा दुई जना मन्त्री मात्रै सहभागी हुने भएका छन् ।६ र ७ मंसिरमा हुने भ्रमणमा सुरुमा चार जना मन्त्री सहभागी हुने तय भएको थियो । तर बुधबार भ्रमण टोलीबाट दुई मन्त्रीको नाम हटाइएको स्रोतले जनाएको छ ।सुरुमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र पर्यटनमन्त्री खडकराज पौडेल भारत जाने चर्चा थियो । अब परराष्ट्रमन्त्री खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ मात्रै भ्रमणमा सहभागी हुने बताइएको छ । भ्रमणका क्रममा भारतसँग हवाई रुट तथा जलविद्युत्सम्बन्धी महत्वपूर्ण सम्झौता हुने बताइएको छ ।धानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण राजकीय हुने भएको छ। मित्रराष्ट्र भारतले उनको भ्रमणलाई उच्च महत्व दिँदै राजकीय बनाउन लागेको हो। प्रधानमन्त्री शाह ६ मंसिरमा भ्रमणमा जाँदै छन्। यद्यपि, औपचारिक रूपमा भ्रमण मिति सार्वजनिक भइसकेको छैन। १–२ दिनमै दुवै देशले भ्रमणको मिति सार्वजनिक गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ। प्रधानमन्त्री शाह ६ मंसिरमा गएर ७ मंसिरमा फर्कने तयारी छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको करिब आधा घन्टा भेटवार्ता हुने स्रोत बताउँछ। भ्रमणका एजेन्डामा दुवै देशले गृहकार्य गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी मन्त्रालयले तीव्र रूपमा गरिरहेको जानकारी दिए। ‘विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारिएको छ, भ्रमणका विषयमा विस्तृत जानकारी मन्त्रालयले छिट्टै सार्वजनिक गर्नेछ’, प्रवक्ता क्षेत्रीले भने।
भ्रमणका क्रममा दुई देशबीच कनेक्टिभिटी विस्तारमा जोड दिइनेछ। साथै विकास सहायता, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणमा हवाई कनेक्टिभिटी विस्तार, नेपाललाई थप हवाई प्रवेश बिन्दु उपलब्ध गराउने, रेलवे तथा सडक सञ्जाल विस्तार र ऊर्जा क्षेत्रको पूर्वाधार विकासका एजेन्डा प्राथमिकतामा रहने बुझिएको छ।
रेलवे कनेक्टिभिटीअन्तर्गत जनकपुर–अयोध्या रेलवेको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार गर्ने, रक्सौल–काठमाडौं रेलमार्गको सम्भावना तथा अन्य रेलवे सम्पर्क विस्तारका विषयमा सहमति हुने अपेक्षा गरिएको छ।
त्यस्तै, सडक तथा पुल निर्माण, एकीकृत जाँच चौकी (आइसीपी)निर्माण र विद्युत् प्रसारण लाइन विस्तारका विषय पनि छलफलको एजेन्डामा रहनेछन्।
विपद्पछिको पुनर्निर्माणमा भारतीय सहयोग तथा विकास निर्माणका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा पनि भ्रमणका क्रममा छलफल हुनेछ।
विशेषगरी भारतीय सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूको समीक्षा, सम्पन्न भएका आयोजनाको उद्घाटन र हस्तान्तरण तथा निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ।
साथै भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका आ–आफ्ना राजदूत नियुक्त गरिसकेका छन् भने नवनियुक्त राजदूतहरूले पनि आफ्नो स्तरमा भ्रमणको तयारी थालिसकेका सम्बन्धित दूतावासले जनाएका छन्।प्रधानमन्त्री शाहले गत चैत १३ गते आफ्नो जिम्मेवारी सम्हालेपछि गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन पहिलोपटक विदेश भ्रमण गरेका थिए। त्यस्तै उनको आसन्न भारत भ्रमण प्रधानमन्त्री भएपछि छिमेकी मुलुकको पहिलो औपचारिक भ्रमण हुनेछ।
बालेनको भ्रमण टोलीबाट दुई मन्त्रीको नाम काटियो, राजकीय बनाउदै भारत
बालेनको भ्रमण टोलीबाट दुई मन्त्रीको नाम काटियो, राजकीय बनाउदै भारत
तपाईको प्रतिक्रिया
