राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र हालकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी मंसिर १० गते ढकाल र डाँगीको बिहे हुन लागेको हो ।
मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले प्रेमलाई दाम्पत्य जीवनमा बदल्न लागेका हुन् । निकटस्थहरूलाई थाहा भए पनि उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । उनीहरुको टीकाटालो भइसकेको छ ।मुकुलले १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी छ । ढकाल विराटनगर निवासी हुन भने डाँगी झापाकी हुन् । मुकुलले १० गते विराटनगरबाट जन्ती लिएर निशाको घर झापा जाने तयारी छ ।
विवाहको तयारी विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा सुरु भइसकेको छ । विवाह समारोह भने झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट हुने बताइएको छ ।
मुकुल र निशाको सम्बन्ध यसअघि पनि राजनीतिक वृत्तमा चर्चाको विषय बनेको थियो । पार्टी राजनीतिमा सक्रिय दुवैको सम्बन्धले पछिल्लो समय सार्वजनिक चासोसमेत पाउँदै आएको थियो । पार्टीभित्र विभिन्न राजनीतिक घटनाक्रमका कारण चर्चामा रहँदै आएका उनी पछिल्लो समय व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन् । डाँगी रास्वपाको पहिलो महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । गत निर्वाचनमा डाँगी झापा–१ बाट निर्वाचित भएकी थिइन् ।
मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै , विराटनगरबाट जन्ती लिएर झापा जाने तयारी
मुकुल ढकाल र रास्वपा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिँदै , विराटनगरबाट जन्ती लिएर झापा जाने तयारी
तपाईको प्रतिक्रिया
