नेपाल प्रिमियर लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदै छ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पाँच बजे हुने यस निर्णायक खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग फाइनलमा भेट पक्का गर्नेछ ।
यसअघि मङ्गलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पहिलो क्वालिफायरमा बेहोरेको हारसँगै सुदूरपश्चिमले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नुपरेको हो ।
अर्कोतर्फ, इलिमिनेटर खेलमा काठमाडौँ गुर्खाजमाथि फराकिलो अन्तरको सानदार जित निकाल्दै चितवन राइनोजले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । काठमाडौँविरुद्धको सहज जितले चितवनको मनोबल उच्च देखिएको छ । चितवनले हिजो भएको एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
फाइनल प्रवेशका लागि दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।यता, सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो ।
एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम भिड्दै,को पुग्ला त फाइनलमा ?
एनपीएलको फाइनल प्रवेशका लागि आज चितवन र सुदूरपश्चिम भिड्दै,को पुग्ला त फाइनलमा ?
तपाईको प्रतिक्रिया
