काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा १ छक्का र ३ चौकासहित ५२ रनको अर्धशतकीय पारी खेले । यस्तै इशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन बनाए ।
दुई जना ब्याटरले बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । लुम्बिनीका रुवेन ट्रम्पलमेन र शेर मल्लले समान २ तथा अभिषेश गौतम र अभिषेश गौतमले समान १ विकेट लिए ।
