प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज विहान ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठकले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा आवश्यक निर्णय गर्ने सम्भावना छ।
यसैबिच आज नै प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले आज प्रेस ब्रिफिङ आयोजना गर्दैछ । प्रधानमन्त्री शाहको भारत भ्रमणको एजेन्डा, उनले प्रस्तुत गर्ने राष्ट्रिय धारणा, भ्रमणमा सहभागी हुने टोली लगायतका विषयमा जानकारी गराउन मन्त्रालयले प्रेस ब्रिफिङ गर्न लागेको हो । प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जाने मिति तय भएको छ ।
प्रधानमन्त्री वालेन्द्र बालेन यहि मंसिर ६ गते दिउँसो काठमाडौंबाट नेपाल एयरलाइन्सको उडानमार्फत भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन । हालसम्मकै सबभन्दा छोटो राजकीय भ्रमण हुने छ । प्रधानमन्त्री बालेन मंसिर ६ गते गएर ७ गते स्वदेश फर्किने कार्यक्रम रहेको बुझिएको छ ।
बालेनले आज बोलाए मन्त्रिपरिषद् बैठक, भारत भ्रमण मुख्य एजेण्डा
बालेनले आज बोलाए मन्त्रिपरिषद् बैठक, भारत भ्रमण मुख्य एजेण्डा
तपाईको प्रतिक्रिया
