काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा एकजना महिलाको ह’त्या भएको छ । बुढानिलकण्ठ–३ घर भएकी ४० वर्षीय फुलमाया सुनारको ह’त्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
बुधवार मध्यान्ह भंगालमा निर्माणाधीन घरमा फुलमायाको श’व फेला परेको थियो । ह’त्या आरोपमा प्रहरीले बाग्लुङ घर भएका लक्ष्मीनारायण केसीलाई पक्राउ गरेको छ । ह’त्या आरोपमा पक्राउ परेका केसी सो निर्माणाधीन घरको चौकीदार हुन् ।मृ’तकको भित्री कपडा च्यातिएको र घटनास्थलबाट ढाटा फालेको अवस्थामा भेटिएको छ । फुलमायाको श’व निर्माणाधीन घरको भुइँतलामा भेटिएको हो । सो घरको माथिल्लो तलामा आरोपी बस्दै आएका थिए । मृ’तक केही दिनअघि काम खोज्दै सो भवनमा पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । श’व पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।
