नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सबिच भिडन्त हुदै छ । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।
लुम्बिनी लायन्स जारी प्रतियोगितामा अपराजित छ । चार खेल खेलेको उसले तीनमा जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा सात अङ्क जोडेको छ । लुम्बिनी अङ्कतालिकाको शीर्ष स्थानमा छ ।
लुम्बिनीले यसअघि पोखरा एभेन्जर्सलाई आठ विकेट र जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको थियो । यसअघि सुदूरपश्चिम रोयल्सविरुद्धको खेल वर्षाका कारण प्रभावित भएको थियो ।
यता, पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ गोर्खाजले त्यसपछि लगातार दुई खेल जितेको छ । काठमाडौँले कर्णाली याक्सलाई चार विकेट र विराटनगर किङ्सलाई नौ विकेटले हराएको थियो ।
तीन खेल खेलेको काठमाडौँ चार अङ्कसहित अङ्कतालिकाको चौथो स्थानमा छ । अङ्कतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आफ्नो अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ भने काठमाडौँ लगातार तेस्रो जित निकाल्दै शीर्ष टोलीसँगको दूरी घटाउन चाहन्छ । त्यसैले दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ ।
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र लुम्बिनी लायन्सबिच भिडन्त हुदै
एनपीएलमा आज काठमाण्डौं गोर्खाज र लुम्बिनी लायन्सबिच भिडन्त हुदै
तपाईको प्रतिक्रिया
