प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा पहिलो सुनुवाइ हुँदैछ। मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा चढेको छ। तिहारअघि नै दर्ता गरिएको रिटको पेसी यसअघि सोमबारका लागि तोकिएको थियो। तर सोमबार सरकारले छठको बिदा दिएकाले सुनुवाइ गर्ने मिति दुई दिनपछि आजलाई सारिएको हो।
कात्तिक १८ गते सरकारले आफूलाई आईजीपीबाट हटाएपछि कार्कीले वारेसमार्फत भोलिपल्ट १९ गते नै सर्वोच्चमा रिट पेस गरेका थिए। तर अदालतले एक दिन अध्ययन गरेर कात्तिक २० गते मात्र दर्ता गरेको थियो। तर त्यसलगत्तै तिहार बिदा सुरु भएकाले सुनुवाइमा ढिलाइ भएको हो।
रिट निवेदनको अन्तिम किनारा नलागेसम्म आफूलाई हटाउने कात्तिक १८ को निर्णय कार्यान्वयन नगर्न र आफूलाई महानिरीक्षक पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।
केसीलाई नियुक्त गर्ने, दज्र्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय बदर गर्न पनि रिटमा उनले माग गरेका छन्। रिटको सुनुवाइमा अग्राधिकार प्रदान गर्न पनि माग गरिएको छ। आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई प्रहरी ऐन २०१२ र नियमावली २०७१ विपरीत पदबाट हटाइएको जिकिर गर्दै कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।
उनले सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग गरेका छन्। रिटमा कार्कीले सरकारले हटाउने निर्णय गर्दा आफूलाई कुनै सूचना नदिएको, परामर्श नगरेको, सहमति नलिएको र स्पष्टीकरणसमेत नमागेको दाबी गरेका छन्।
उनका अनुसार निर्णयको जानकारी सुरुमा सञ्चारमाध्यमबाट र पछि गृहसचिवको हस्ताक्षरमा प्राप्त पत्रमा ‘विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको सम्बन्धमा’ भनेर दिइएको थियो। पत्रमा कात्तिक १८ देखि नै लागु हुनेगरी प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको उल्लेख छ।
दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुदै, श्रीकान्त पौडेलको इजलासमा पेसी चढ्यो
दानबहादुर कार्कीको रिटमा सुनुवाइ हुदै, श्रीकान्त पौडेलको इजलासमा पेसी चढ्यो
तपाईको प्रतिक्रिया
