काठमाडौं । नेकपा एमालेको विवाद समाधनका लागि गठित कार्यदलको पहिलो बैठक बसेको छ । १० सदस्यीय कार्यदलको औपचारिक बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ र नेता माधवकुमार नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा कार्यदल गठन भएको हो ।
२०७५ जेठ २ गते आसपासमा पुग्नेगरी सहमति खोज्न गठन भएको कार्यदलमा दुवै पक्षबाट पाँच–पाँच जना छन् ।
कार्यदलमा ओलीका तर्फबाट नेम्वाङसँगै नेताहरु प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् । त्यस्तै नेपालपक्षबाट रावलसँगै नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
विष्णु पौडेल, शंकर पोखरेल भने बैठकमा उपस्थित भएका छैनन् ।
