०६ असार, रामेछाप । सिन्धुपाल्चोकको मेलम्चीमा गएको काहाली लाग्दो बाढीमा परेर बगेका एकको रामेछापमा शव भेटिएको छ । यसअघि जिल्ला स्थित तामाकोशी नदी किनारमा तीन जनाको शव भेटिएको थियो ।
सम्बन्धित समाचार-यस्तो दर्दानक अवस्थामा भेटियो आज पनि सुनकोसी नदीको किनारमा शव, तीन पुग्यो संख्या,
गत असार ३ गते दिउँसो १ ः ३० बजे जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवारको पुछिघाट स्थित सुनकोसी नदिको किनारमा भेटिएको शव सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाँउपालिका वडा नं २ बरुवा बस्ने ६१ वर्षीय ठाकुरे स्याङ्बो रहेको पुष्टि उनको पारिवारले गरेको हो । मृतककी छोरा जिमि स्याङ्बोले आइतबार शवको सनाखत गरि शव उनले जिम्मा लिएकी छिन् ।
जिल्ला प्रहरी रामेछापले दिएको जानकारी अनुसार शवको पोष्टमाटम गरि मृतककी छोरीले जिम्मा लिएकी हुन् ।
