काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको १७औँ वार्षिक साधारण सभा असोज २ गते शुक्रबार दुवाकोटस्थित मल्टिप्रपोज हलमा सम्पन्न भएको छ। बहुमत शेयरधनीहरूको उपस्थितिमा आयोजित सभाले कार्यकारी अध्यक्ष सोइना शर्माद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
सभामा कम्पनीको आर्थिक अवस्था, वार्षिक गतिविधि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो। प्रमुख अतिथि नेपाली कांग्रेस नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन सभापति डा. सुनीलकुमार शर्मा रहनुभएको थियो भने विशिष्ट अतिथि च्यारिटी इन्टरनेशनल नेपालका अध्यक्ष अर्जुनप्रसाद बास्तोलाले निजी मेडिकल कलेज स्थापनाका पुराना स्मरणहरू सुनाउनुभएको थियो।
केएमसीका प्राचार्य प्रा. डा. रतीन्द्रनाथ श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कम्पनी सचिव योगेन्द्र भट्टराईले सभाको सहज सञ्चालन गर्नुभएको थियो।
