चितवन — बाघको आक्र’मणमा परी सोमबार दिउँसो रत्ननगरमा एक महिलाको ज्यान गएपछि स्थानीयले चितवन निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालयमा तोड’फोड र आग’जनी गरेका छन् ।
रत्ननगर नगरपालिका-५ मगर टोलकी ३२ वर्षीया गीता अधिकारीलाई घर आडको जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघले आक्र’मण गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले जानकारी दिए ।
दिउँसो १ बजेतिरको घ.’ट’नापछि आ’क्रोशित स्थानीयले निकुञ्जको सौराहामा रहेको पूर्वी सेक्टर कार्यालय अगाडि प्रदर्शन गर्दै आग’जनी र तोड’फोड गरेका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार प्रदर्शन गर्न आएकाहरुले कार्यालयका सिसा फु’टाउनुका साथै चौरमा ल्याएर कुर्सी र बेञ्च जलाएका छन् । घ,;टनालगत्तै निकुञ्जले बाघ धपाएर महिलाको श’व तत्काल बाहिर नल्याएको भन्दै स्थानीयले प्रदर्शन गरेको निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।
निकुञ्जका प्र,’मुख संरक्षण अधिकृत बरालले घ,ट’ना भएको ४५ मिनेटभित्रै हात्तीसहितको टोली घ,ट’नास्थलमा पुगेको बताए । ‘बाघ भएको ठाउँमा जान हात्ती चाहिन्छ ।
प्राविधिक टोली तयार हुनु पर्दछ । यसका लागि चाहिने समय बाहेक अरु ढिला’सुस्ती भएको छैन,’ बरालले भने । बाघले महिलाको श’व कुरेरै बसेको थियो । साढे चार बजेतिर प्राविधिक टोलीले डार्ट गरेर बाघलाई लठ्याएको मध्यवर्ती अध्यक्ष घिमिरेले जानकारी दिए ।
