चितवन । बिहीबार बिहान चितवनको नारायणगढमा रहेको नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् ।
वडा प्र,ह”री ,कार्यालय नारायणगढका अनुसार बिहान सवा ११ बजेको समयमा १८ –१९ बर्षको देखिने एक पुरुषले हाम फालेका हुन् ।
हाम फाल्नेबित्तिकै बटुवाहरुले देखेर प्र,ह.री”लाई खबर गरे पनि पानी धमिलो भएको कारण ती युवालाई उद्धार गर्न नसकिएको प्र,ह”री ,निरीक्षक रघुसिंह विष्टले जानकारी दिए ।
“हाम फालेको केही मिनेटमा उद्धारको लागि नदीमा पस्यौँ,” उनले भने, “तर पानी धमिलिएका कारण उसलाई देख्नै सकिएन ।”
