काठमाडौं । मेलम्चीमा आएको बा,ढीका कारण मेलम्ची खानेपानी आयोजना अनि,श्चित बनेको छ । बा,ढीले मेलम्ची खानेपानी आयोजनाको मुख्य सडक, पुल, विद्युत वितरण र हेडवर्क्सकाे बायाँ पट्टिको रिटेलिङ वालमा क्ष,ति पुर्याएको छ ।
मेलम्ची खानेपानी वितरण विकास बोर्डका सुचना अधिकारी राजेन्द्रप्रसाद पन्तका अनुसार आयोजनामा बा,ढीले पुर्याएको क्ष,ति मर्मतका लागि १ अर्ब बढी खर्च लाग्ने छ । बा,ढीले ल्याएको बालुवाका कारण हेडवर्क्स क्षेत्र पुरिएको छ । उनले हेडवर्क्समा बालुवाको सतह नै ५ मिटर थपिएको बताए । बालुवा सफा गर्नको लागि नै ३० करोड रुपैयाँ लाग्ने देखिएको उनले बताए ।
“हेडवर्क्स क्षेत्र बालुवाले पुरिएको छ । बालुवाको सतह नै ५ मिटर थपिएको छ । त्यो सफा गर्नको लागि नै करिब ३० करोड रुपैयाँ लाग्ने भनिएको छ।” उनले भने, “मुख्य सडक, पुल, विद्युत वितरण र हेडवर्क्समा बायाँ पट्टिको रिटेलिङ वाल मर्मतका लागि १ अर्ब बढी खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।”
आयोजनाका अनुसार हेडवर्कस्को डाइभर्सन टनेल पनि पुरिएको छ भने अम्बाथानको टनेल पनि पुरिएको छ ।
“अहिले आयोजनाको हेडवर्क्समा जाने बाटो नै छैन । नदी जतापनि जान सक्छ । त्यसैले बाटोका लागि कताबाँट ट्रयाक खोल्ने भन्ने नै अनिश्चित छ,” उनले भने ।
उनले प्रक्रियागत रूपमा मर्मत गर्दा आयोजना धेरै पछाडि धकेलिन सक्ने पनि बताए । “पहिलाको जस्तो मोटरेवल पुल बनाउनका लागि ठेक्का गर्नै ५/६ महिना लाग्छ । निर्माण गर्न एक/डेढ वर्ष लाग्छ । यसरी जाने हो भने त आयोजना धेरै पछाडि धकेलिन्छ,” उनले भने ।
यद्यपि विभिन्न निकायको सहयोग लिएर सडक र पुल बनाउन सक्यो भने असोज कात्तिकसम्म मर्मतको काम सकिन्छ भन्ने अपेक्षा आयोजनाको छ । अहिले हेडवर्क्समा जानक लागि नै बाटो तथा पुल छैन । “यद्यपि टनेल सफा गरेर वैकल्पिक पथान्तरणबाट पानी पठाउने हो कि भन्ने सोचिरहेका छौँ,” उनले भने ।
