कञ्चनपुरको महेन्द्रनगरमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरी उपचारका लागि लगिएका ती पुरुषको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगर क्षेत्रमा यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई तत्काल महाकाली प्रादेशिक अस्पताल पु¥याइए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
प्रहरीले घटनास्थलबाट बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
र्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
